मुक्तिनाथ विकास बैंकको सर्वाधिक कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

३० आश्विन २०८२, बिहीबार १५:०६

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २३.५९ अंकले घटेर २४८१.९८ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै आज विभिन्न कम्पनीहरुको कुल तीन अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । जसमा आज मुक्तिनाथ विकास बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको आज १५ करोड ३० लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै, नेपाल रि इन्स्योरेन्सको १३ करोड चार लाख रुपैयाँ, शिवम् सिमेन्टको ११ करोड २८ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको नौ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*