बिहीबार ४५ कम्पनीको शेयरमूल्यमा हरियाली, कुनको कतिले बढ्यो ?
३० आश्विन २०८२, बिहीबार १५:१४

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८ अंकले घटेर २४८७.१७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि आज विभिन्न सेक्टरका ४५ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा आज हिमालयन पावर पार्टनरको शेयरमूल्य ९.९३ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, कालिका लघुवित्त, इन्फिनिटी लघुवित्त, सगरमाथा लुम्बिनी इन्स्योरेन्स लगायतका कम्पनीहरुको शेयरमूल्य आज सर्वाधिक बृद्धि भएको छ ।














