लुम्बिनी सेरामिक्सले आईपीओ निष्कासन गर्ने

२ कार्तिक २०८२, आईतवार १२:५३

काठमाडौं । लुम्बिनी सेरामिक्स लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित कात्तिक १७ गते विशेष साधारणसभा बोलाएको छ।

कम्पनीको सञ्चालक समितिले काठमाडौं वडा नम्बर १ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा बोलाएको हो।

उक्त सभाले सार्वजनिक शेयर (आईपीओ) निष्कासन गर्ने र आईपीओ निष्कासनबाट प्राप्त हुने कल रकमलाई प्रयोग गर्ने सम्बन्धमा छलफल गरी प्रस्ताव पारित गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*