फोनपेले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने
३ कार्तिक २०८२, सोमबार ०९:४१

काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव सहित कात्तिक २४ गते नक्सालमा साँझ ५ बजे छैटौं वार्षिक साधारणसभा बोलाएको छ।
उक्त साधारणसभाले सर्वसाधारणहरूलाई शेयर (आईपीओ) निष्कासन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश बाँड्ने र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ।













