सप्तकोसी सिमेन्टले आईपीओ जारी गर्ने

६ कार्तिक २०८२, बिहीबार १०:१४

काठमाडौं । सप्तकोसी सिमेन्टले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने निर्णय गर्दै कात्तिक २४ गते दोस्रो वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

सभा राधाभवन, त्रिपुरेश्वर, काठमाडौंमा विहान १० बजे सुरु हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाका लागि तय गरेको छ । तर कति लाभांश भने खुलाएको छैन् । कम्पनीको अधिकृत पूँजी बृद्धि गर्ने र गत आर्थिक वर्ष ०८१र८२ को वार्षिक प्रतिवेदन सहितका वित्रीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ ।

प्रख्यात एचआर गोयल समूहद्वारा सञ्चालित यस कम्पनीले उच्चस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले प्रमाणित ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको हो । प्रतिदिन ६०० टन सिमेन्ट उत्पादन गर्दै आएको जानकारी कम्पनीले दिएको छ । आफ्नै प्रयोगशालामा ३० भन्दा बढी भौतिक तथा रासायनिक गुणस्तर प्ररिक्षणहरु नियमित रुपमा गरी उत्पादित सप्तकोशी सिमेन्ट पूर्वी नेपालको सबैभन्दा चुनौतिपूर्ण निर्माण स्थलहरुको प्राथमिक रोजाईमा पर्ने गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*