न्यादी हाइड्रोपावरसहित २३६ कम्पनीको शेयरमूल्य बृद्धि, कसको कति पुग्यो ?

११ कार्तिक २०८२, मंगलवार १५:१४

काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै मंगलार कुल २३६ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा आज विभिन्न सेक्टरका तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज न्यादी हाइड्रोपावर, बुटवल पावर र एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज राधि विद्युत कम्पनी, लुम्बिनी विकास बैंक, सिंगटी हाइड्रो लगायतका कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*