सिटि होटलको हकप्रद बाँडफाँड, साढे २१ लाख कित्ता शेयर लिलाममा आउने

१२ कार्तिक २०८२, बुधबार ०७:३७

काठमाडौं । सिटि होटल लिमिटेडले साउन २६ गतेसम्म नेप्सेमा कायम आफ्ना शेयरधनीहरूका लागि निष्कासन गरेको हकप्रद शेयर कात्तिक ११ गते बाँडफाँड गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ कित्ता बराबर ०.८० को अनुपातमा कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो।

कम्पनीले गत भदौ २३ गतेदेखि असोज २६ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेकोमा उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ४९ हजार १८५ जना शेयरधनीहरूलाई १ करोड १२ लाख ४१ हजार ५८२ कित्ता हकप्रद शेयर बाँडफाँड गरेको जनाएको छ। बाँडफाँडमा नपरेका आवेदकहरूको रकम आज कात्तिक १२ गतेदेखि कनेक्ट आईपीएस मार्फत सम्बन्धित आवेदकको बैंक खातामा फिर्ता पठाइने कम्पनीले जानकारी दिएको छ।

साथै बाँडफाँडपछि कम्पनीको २१ लाख ५० हजार ४१८ कित्ता हकप्रद शेयर बाँकी बसेको छ। यो अवितरित शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गरिनेछ। कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*