यसरी हेर्नुहोस् श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँडको नतिजा

१२ कार्तिक २०८२, बुधबार १०:४६

काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज बुधबार बिहान बाँडफाँड गरेको छ।

बाँडफाँडमा रितपूर्वक आवेदन दिएका आवेदकहरूमध्ये २ लाख ५१ हजार ४९ जनाले मात्रै १०/१० कित्ताका दरले र सोही जनाबाट ३ जनाले थप १/१ कित्ता गरी ११ कित्ता शेयर हात पारेका छन् भने झण्डै १७ लाख आवेदकको हात रित्तो भएको छ।

आईपीओको नतिजा अनलाइनमा प्रकाशन गर्न काम थालिएको र केही बेरमा सार्वजनिक हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ। अनलाइनमा प्रकाशित भएपछि निम्न तीन तरीकाबाट सजिलै आईपीओको नतिजा हेर्न सकिनेछ।

सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट: https://result.nabilinvest.com.np/search/ipo-share

सिडीएससीको मेरो शेयरको वेबसाइट: https://meroshare.cdsc.com.np/#/login

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*