नेप्सेका कर्मचारीले गरे एक महिनापछि विरोधका कार्यक्रम स्थगित

१२ कार्तिक २०८२, बुधबार १४:५४

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)का कर्मचारीले एक महिनापछि विरोधका कार्यक्रम स्थगित गरेका छन्।सर्वोच्च अदालतले छलफलमा बोलाएपछि नेप्सेका कर्मचारीले विरोधका कार्यक्रम स्थगित गरेका हुन् ।आजबाट नेप्सिईओ कार्यालयमा हाजिर भएका छन् । झण्डै एक महिना लामो समयपछि सिईओ चुडामणी चापागाई कार्यालयमा उपस्थित भएका छन् ।श्रम अदालतको फैसलाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले छलफलमा बोलाएपछि नेप्सेका कर्मचारीले विरोधका कार्यक्रम स्थगित गरेका हुन्।

श्रम अदालतले नेप्सेको वार्षिक नाफाबाट कर्मचारीलाई ५ प्रतिशत बोनस छुट्याउने व्यवस्था कार्यान्वन गर्न निर्देशन दिएकामा नेप्से व्यवस्थापनले अस्वीकार गरेपछि कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।
नेप्से व्यवस्थापन श्रम अदालतको फैसलाविरुद्ध असोज २८ गते सर्वोच्च अदालत गएकामा सर्वोच्चले दुवै पक्षलाई कात्तिक २३ गते बोलाएको छ ।
नेप्सेका कर्मचारी संगठनले अदालतमा विचाराधीन विषय भएकाले आन्दोलन स्थगित भएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*