यी १० कम्पनीका लगानीकर्ता बने मालामाल

१२ कार्तिक २०८२, बुधबार १५:१३

काठमाडौँ । पुँजी बजार आज ओरालो लागेको छ । तिन दिन बढेको बजार आज भने एकल अकंले घट्न पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१७ अकंले घटेर २५६६.१६ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको १ करोड १५ लाख १ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन खानीखोला हाइडापावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता २३.४० रुपैयाँले बढेर २५७.४० रुपैयाँ पुगेको हो ।

अन्य दुई कम्पनीको शेयरमा समेत सर्किट लागेको छ । उपकार लघुवित्तको ९.९८ प्रतिशत र मानुषि लघुवित्तको ९.९१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*