२१६ कम्पनीको शेयरमूल्य बढ्यो, गुराँस र उन्नति सहकार्य लघुवित्तमा सर्किट
१३ कार्तिक २०८२, बिहीबार १५:१५

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३४.२२ अंकले बढेर २६०० को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै विभिन्न सेक्टरका २१६ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । बिहीबार दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, सुपरमादी हाइड्रोपावरको ९.५४ प्रतिशत, गणपति लघुवित्तको ९.४६ प्रतिशत, पिपल्स हाइड्रोपावरको ९.०८ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।














