गुराँस लघुवित्तको बोनश शेयरमूल्य समायोजन
१३ कार्तिक २०८२, बिहीबार १८:०८

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयरमूल्य समायोजन भएको छ । बिहीबार कारोबार समय पश्चात संस्थाको १४.२५ प्रतिशत बराबरको बोनश शेयरको लागि शेयरमूल्य समायोजन गरिएको हो ।
गुराँस लघुवित्तको कारोबार अघि प्रतिकित्ता २३१० रुपैयाँ शेयरमूल्य रहेको थियो । समायोजन पश्चात संस्थाको शेयरमूल्य २०२१ रुपैयाँ कायम भएको छ ।














