बीमा प्राधिकरणको प्रावधान विपरीत वित्तीय विवरण पेश गर्छ हिमालयन एभरेष्ट

१६ कार्तिक २०८२, आईतवार १२:०८

काठमाडौं ।  हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा प्राधिकरणको प्रावधान विपरित वित्तिय विवरण पेश गर्ने गरेको पाइएको छ।

बीमा कम्पनीहरुले त्रैमासिक अवधिको त्रैमासिक वित्तिय विवरण र बार्षिक वित्तिय विवरणको स्टेटमेन्ट अफ फाइनान्सिय पोजिसन, स्टेटटमेन्ट अफ प्रोफिट एण्ड लस तथा स्टेटटमेन्ट अफ अडर कमोरिसिभ इन्कम विवरणको विभिन्न शिर्षकहरुमा दश प्रतिशत भन्दा बढी रकम फरक गरेको पाइएको छ। बीमा प्राधिकरणको प्रावधान विपरित काम गरेको भन्दै प्राधिकरणले पटक पटक झक्भक्याएपनि कम्पनी भने मौन नै बसीरहेको छ ।

कम्पनी अध्यक्षको घरमा नै चल्ने र सिइओ अञ्जु श्रेष्ठले नेत्तृव सम्हाल्न नसक्दा प्राधिकरणको प्रावधान विपरित कम्पनी चल्ने गरेको छ ।

कम्पनीको संस्थागत सुशासन प्राधिकरणको ऐन विपरित चल्ने गरेको भन्दै नियामकले बारम्बार कम्पनीलाई बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०८० को दफा ४५ को उपदफा(२) को व्यवस्था पूर्ण रुपमा पालना गर्न समेत निर्देशन दिँदै आईरहेका छ ।
त्यति मात्रै नभई कम्पनीले बीमा कम्पनीहरुले एनएफआरएस १७ इन्स्योरेन्स कन्ट्रयाक लागू गर्न र तोकिएको समयमा कार्ययोजना पेश नगर्ने देखि वित्तिय विवरणमा ढिलाई देखि साधारणसभा समयमा नगरेको भन्दै प्राधिकरणले कम्पनीलाई बारम्बार सम्झाउन थालेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*