नेप्सेका कामु डीसीईओ निरञ्जन फुँयालको राजीनामा

१७ कार्तिक २०८२, सोमबार १५:३९

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का कार्यरत कामु नायब प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालले पदबाट राजीनामा दिएका छन्। उनले असोज १० गते राजीनामा पेश गरिसके पनि औपचारिक स्वीकृतिका लागि सञ्चालक समितिको आगामी बोर्ड बैठक पर्खनु पर्ने बताइएको छ।

फुँयाल निजी क्षेत्रको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हाल्न नेप्से छोड्न लागेका हुन्। गैरआवासीय नेपालीहरुको पहल र लगानीमा स्थापना भएको सो कम्पनी नेप्सेमा सूचीकृत छ भने यसमा जिवा लामिछाने लगायतको महत्वपूर्ण लगानी रहेको छ।

एनआरएन इन्फ्रास्ट्रक्चरमा सीईओ पद रिक्त भएपछि कम्पनी नयाँ नेतृत्व खोजिरहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*