शिवम् सिमेन्टको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१७ कार्तिक २०८२, सोमबार १५:०५

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै सोमबार कारोबार रकम पनि घटेको छ । आज विभिन्न सेक्टरका ३३३ वटा कम्पनीहरुको कुल ६ अर्ब पाँच करोड रुपैयाँको कारोबार भएको छ । सोमबार शिवम् सिमेन्टको सबैभन्दा बढी शेयर कारोबार भएको छ । कम्पनीको आज ३७ करोड ६८ लाख रुपैयाँको कारोबार भएको ।

साथै, एनआरएन इन्फ्रास्टक्चरको ३३ करोड ९४ लाख रुपैयाँ, राधि बिद्युत कम्पनीको २४ करोड ६१ लख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*