दरमखोला हाइड्रो इनर्जीको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
१९ कार्तिक २०८२, बुधबार १३:३९

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको एक करोड तीन लाख पाँच हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३९ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ६३ लाख ५५ हजार कित्ता गरी कुल १ करोड ३ लाख ५ हजार कित्ता आईपीओ सूचीकृत भएको हो।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १४२ रुपैयाँ ८१ पैसादेखि ४२८ रुपैयाँ ४३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। नेप्सेले कम्पनीलाई डिएचईएल स्टक टिकर दिएको छ।
भोलिदेखि उक्त आईपीओ कारोबारमा आउनेछ ।













