हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
१९ कार्तिक २०८२, बुधबार १५:०६

काठमाडौं । साता कारोबारको चौथोे दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १२.१७ अंकले बढेर २६०७.४२ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै आज ३१२ वटा कम्पनीहरुको चार अर्ब ६८ करोड १९ लाख रुपैयाँको कुल कारोबार भएको छ । जसमा आज युनियन हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको यसदिन ३८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टीलरीको ३२ करोड ७० लाख रुपैयाँ, राधि विद्युत कम्पनीको ३१ करोड ५७ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको १६ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।














