लघुवित्तका लगानीकर्ताहरु मालामाल
१९ कार्तिक २०८२, बुधबार १५:१५

काठमाडौं । साता कारोबारको चौथोे दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १२.१७ अंकले बढेर २६०७.४२ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै आज लघुवित्त क्षेत्रका लगानीकर्ताहरु मालामाल बनेका छन् । आज विभिन्न सेक्टरका १४९ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । जसमा माबिलुङ इनर्जी र उन्नति सहकार्य लघुवित्तको शेयरमूल्यमा सकारातमक सर्किट लागेको छ ।
नेपाल फाइनान्स, सम्पदा लघुवित्त, पिपल्स हाइड्रोपावर, गोर्खाज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स लगायतको शेयरमूल्य बृद्धि भएको छ ।














