एमडिआरटी २०२७ का लागि नयाँ लक्ष्य सार्वजनिक,किन बढ्यो व्यसायिक टार्गेट ?

५ मंसिर २०८२, शुक्रबार १७:५२

काठमाडौं । बीमा अभिकर्ताहरुको लागि बर्षभरी गरिने प्रतिफलको प्रतिक्षा एवं एमडीआरटी ग्लोबल कन्फ्रेन्सले आगामी बर्षका लागि व्यवसायिक टार्गेट परिमार्जन गरेको छ। यस बर्षसम्मको लागि कन्फ्रेन्सको रकम गत बर्षकै हुने आगामी बर्षका लागि १८ प्रतिशतले वृद्धि गरेको छ।

करिब १ महिना पछि हुन लागेको कन्फ्रेन्सका लागि अभिकर्ताले ५२ लाख ९६ हजार ७ सय रूपैयाँ एफपीआई व्यवसायिक टार्गेटमा सहभागी हुन पाउनेछन् भने आगामी बर्ष भने आगामी बर्ष १८ प्रतिशतले व्यवसाय वृद्धि गनुपर्ने भएको छ ।

विश्भर प्यानड्यामिक कोरोना भाइरस र आर्थिक संकटको कारण खुकुलो निति ल्याएको एमडीआरटी ग्लोबल कन्फ्रेन्सले आगामी बर्षदेखि व्यवसायिक टार्गेट बढाएको जनाएको छ ।

कोरोनापछिको रिकभरी र विश्भर आर्थिक मन्दीको प्रभावको कारण बीमितहरुले सरेण्डर गर्ने डर बढेसँगै घटाएको टार्गेट पुनः बढाउने भन्दै पत्र समेत पठाईसकेको छ। विश्भर रिकभरीको संकेत देखिएको र सरेण्डर दर घट्ने बिषयलाई मध्यनजर गर्दै टार्गेट बढाइएको जनाइएको छ।

एमडीआरटी ग्लोबल कन्फ्रेन्सका अनुसार सन् २०२७ मा अब बीमा अभिकर्ताहरुले एमडीआरटीको लक्ष्य हासिल गर्न ६२ लाख ६ हजार १०० रूपैयाँ फष्र्ट प्रिमियम कलेक्सन गनुपर्ने भएको छ ।

कन्फ्रेन्सको आधिकारीक जानकारी अनुसार सिओटीका लागि १ करोड ८६ लाख १८ हजार ३ सय रुपैयाँ बराबरको व्यवसायिक टार्गेट पुराउनुपर्ने देखिएको छ। त्यस्तै, टिओटीका लागि टप ३ करोड ७२ लाख ३६ हजार ६ सय रूपैयाँको टार्गेट पुराउनुपर्ने भएको छ।

प्रथम बीमा शुल्क आर्जनतथा मनि व्याक पोलिसीमा बढी केन्द्रित भएको कारण बीमा प्राधिकरणले अकुंश लगाउनुभन्दा अघि नेपालबाट एलआईसी, नेपाल लाइफ, युनियन लाइफ बाँकि कमपनीबाट निकै न्यून मात्रामा अभिकर्ताहरुको सहभागी हुने गरेका छन् । नेपालबाट एलआईसी, नेपाल लाइफबाट यस कार्यक्रममा सहभागी हुनेको सङख्या उल्लेखनीय रहेको थियो । तर बीमा प्राधिकरणले यी बिषयमा अकुंश लगाएसँगै क्रमशः घट्दै गईरहेको कन्फ्रेन्सको तथ्यांकले देखाएको छ।

बीमा प्राधिकरणले लगाम लगाउनुअघि अभिकर्ताहरुले टार्गेट पुरा गर्न जति चाहियो त्यति बराबरको प्रथम बीमा शुल्क पोलिसी खरिद गर्ने र टार्गेट पुरा भइसकेक पछि तत्काल सरेण्डर गराउने गलत अभ्यास रहेको थियो । तीन वर्षसम्म सरेण्डर गर्न नपाउने व्यवस्था गरिदिए सँगै अभिकर्ताहरु पनि प्रथम बीमाशुल्क आर्जनमा एमडिआरटीको टार्गेट पूरा गर्नको लागि नै सरेण्डर गराउन लगाउने र आफै बीमायोजना खरिद गर्ने प्रकृया बन्द भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*