आइतबार यी १० कम्पनीका लगानीकर्ताहरु भए मालामाल
७ मंसिर २०८२, आईतवार १५:१२

काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले बढेको छ । केहि दिन यता सुस्त बजार आज भने हरियाली आएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.९२ अकंले बढेर २६००.२२ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
बजारमा हरियाली आउँदा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ । आइतबार तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो । सागर डिष्टिलरी, बन्दिपुर केवलकार र झापा इनर्जीको शेयरमा सर्किट लागेको हो ।














