श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको पहिलो कारोबार कतिबाट सुरु भयो ?
८ मंसिर २०८२, सोमबार ११:१२

काठमाडौँ । स्पेशल प्रि ओपन सेसनमा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेडको पहिलो कारोबार भएको छ। कम्पनीको शेयर प्रतिकित्ता ३०१ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।
कम्पनीको शेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा जारी गरेको ३२ लाख ६२ हजार ५०० कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड ३० लाख ५० हजार कित्ता कित्ता शेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो।













