बोनस शेयर वितरणमा लाग्ने लाभांश कर सम्बन्धी व्यवस्था परिमार्जन

८ मंसिर २०८२, सोमबार १६:४३

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बाँडफाँड (दशौं संशोधन) निर्देशिका, २०८२ लाई देहाय बमोजिम स्वीकृति प्रदान गरेको छ । बोर्डले धितोपत्र निष्काशन तथा बाँठफाँड निर्देशिका, २०७४ मा दफा ४० मा उपदफा ७ थप गरिएको जनाएको छ ।

बोर्डले उक्त बुँदा थप गर्दै बोर्डमा धितोपत्र दर्ता गरेका समपूर्ण संगठित संस्थाहरुले शेयरधनीलाई प्रदान गर्ने बोनस शेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्न निर्देशन समेत दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*