२५९ कम्पनीमध्ये ५१ वटा कम्पनीको साधारण सभा घोषणा, कुन सेक्टर लाभांश घोषणा कति ?

८ मंसिर २०८२, सोमबार १७:५६

काठमाडौं ।  नेप्सेमा सूचीकृत २५९ कम्पनीमध्ये अहिलेसम्म आर्थिक बर्षको चार महिना बितिसक्दा ५१ वटा कम्पनीले साधारण सभा घोषणा गरेका छन् भने ४६ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् ।
नेप्सेमा सूचीकृत २५९ कम्पनीमध्ये अहिलेसम्म ५१ वटा कम्पनीले साधारण सभा घोषणा गरेका छन् भने ४० वटा कम्पनीले साधारण सभा गरिसकेका छन् र ११ वटा कम्पनीले साधारण सभा मिति घोषणा गरेपनि साधारण सभा सम्पन्न गरिसकेको अवस्था छैन ।

अहिलेसम्म विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम ५ देखि अधिकतम् १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्। सबैभन्दा धेरै युनिलिभर नेपालले १८४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने बरुण हाइड्रोपावर, ङादी ग्रुप पावर र सिंगटी पावरले ५ प्रतिशत लाभांश घोषणा गरेका छन् । बरुण र ङादी ग्रुप पावरले ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद लाभांश दिएका छन् भने सिगटी हाइड्रोपावरले ५ प्रतिशत नगद लाभांश दिएको छ ।

अहिलेसम्म दश वटा बैंक, सात वटा विकास बैंक, दुई वटा फाइनान्स, १२ वटा हाइड्रोपावर, तीन वटा इन्भेष्टमेन्ट कम्पनी, पाँच वटा उत्पादनमूलक क्षेत्रका कम्पनी, पाँच वटा लघुवित्त कम्पनी र एक–एक वटा होटल र अन्य क्षेत्रको कम्पनीले लाभांश घोषणा गरेका छन्।
सधैंजसो धेरै लाभांश घोषणा गर्ने कम्पनीमा युनिलिभर नेपाल रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट १८ सय ४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उत्पादन तथा प्रशोधन समूहबाट युनिलिभरसँगै हिमालयन डिष्टिलरी, नेपाल ल्युव आयल, सर्वोत्तम सिमेन्ट र शिवम सिमेन्टले लाभांश घोषणा गरेका छन् । हिमालयन डिष्टिलरीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत, नेपाल ल्युव आयलले २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत तथा शिवम सिमेन्टले २.५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी साढे १२ प्रतिशत, सर्वोत्तम सिमेन्टले ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश घोषणा गरेका छन्।
वाणिज्य बैंक समूहतर्फ अहिलेसम्म १० वटा बैंकले लाभांश घोषणा गरेका छन् भने कुमारी बैंकले कुनै लाभांश नदिने घोषणा गरेको छ । वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्ड, ग्लोबल आईएमई र सानिमा बैंकले यसपटक नगद लाभांश मात्रै दिएका छन् भने लक्ष्मी सनराइज र सिटिजन्स बैंकले कर प्रयोजनको लागि नगन्य नगद बाहेक बोनस शेयर मात्रै दिएका छन् ।
लगानी समूहमा अहिलेसम्म सबैभन्दा बढी एनआरएनले ४० प्रतिशत बोनस र २.११ प्रतिशत नगद लाभांश गरी ४२.११ प्रतिशत लाभांश घोषणा गरेको छ भने हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद गरी १२.६३ प्रतिशत तथा निफ्राले ६.३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् ।

यता लघुवित्त समूहतर्फ गुराँस लघुवित्त र साना किसान विकास लघुवित्तले १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश घोषणा गरेका छन् भने आशा लघुवित्तले ९.५ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद लाभांश गरेर १० प्रतिशत तथा स्वावलम्बन लघुवित्तले ५.६४ प्रतिशत बोनस र ४.३६ प्रतिशत नगद लाभांश गरेर १० प्रतिशत लाभांश बाँडेका छन् । त्यस्तै आरएसडीसी लघुवित्तले भने ८ प्रतिशत नगद लाभांश दिएको छ।

हाइड्रोपावर समूहतर्फ सबैभन्दा बढी साहज ऊर्जाले २१ प्रतिशत बोनस १.११ प्रतिशत नगद लाभांश गरी २२.१ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै मिड सोलु र सिक्लेस हाइड्रोपावरले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद लाभांश गरी १५.७९ प्रतिशत लाभांश दिएका छन् भने नेपाल हाइड्रो डेभलोपर र युनिभर्सल पावरले ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद लाभांश गरेर ९.७४ प्रतिशत लाभांश दिएका छन् त्यस्तै अरुण भ्यालीले ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश गरी ८.४२ प्रतिशत तथा सुपरमादी हाइड्रोपावरले ५. प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद गरी ५.२६ प्रतिशत लाभांश दिएका छन् । वाणिज्य बैकमा अहिलेसम्म सबैभन्दा धेरै एभरेष्ट बैंकले ६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरेर २० प्रतिशत लाभांश बाँडेको छ भने सबैभन्दा कम सिटिजन्स बैंकले ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश गरेर कुल ५.२६ प्रतिशत लाभांश दिएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद, कृषि विकास बैंकले ३.२५ प्रतिशत बोनस र ९.७५ प्रतिशत नगद गरेर १३ प्रतिशत, लक्ष्मी सनराइज बैंकले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत गरी कुल १०.५३ प्रतिशत, सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत, एनएमबी बैंकले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी १० प्रतिशत, ग्लोबल आईएमई बैंकले ८ प्रतिशत नगद, माछापुच्छे् बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी ८ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

S.N. Company Bonus Cash Total Fiscal Year
1 Everest Bank 6 14 20 2081-82
2 Standard Chartered Bank Nepal 19 19 2081-82
3 Agriculture Development Bank 3.25 9.75 13 2081-82
4 Laxmi Sunrise Bank 10 0.53 10.5 2081-82
5 Siddhartha Bank 5 5.53 10.5 2081-82
6 NMB Bank Ltd 5 5 10 2081-82
7 Global IME Bank 8 8 2081-82
8 Machhapuchhre Bank 4 4 8 2081-82
9 Sanima Bank 7.37 7.37 2081-82
10 Citizens Bank International 5 0.26 5.26 2081-82
11 Muktinath Bikash Bank Ltd. 13.53 4.67 18.2 2081-82
12 Kamana Sewa Bikash Bank 10 5.79 15.8 2081-82
13 Shine Regunga Development Ban 3 10 13 2081-82
14 Garima Bikash Bank Ltd. 6 4.53 10.5 2081-82
15 Mahalaxmi Bikash Bank 5 5.37 10.4 2081-82
16 Shangrila Development Bank 5 5.36 10.4 2081-82
17 Miteri Development Bank 10 10 2081-82
18 Manjushee Finance 17 17 2081-82
19 ICFC Finance Ltd. 15.8 15.8 2081-82
20 Soltee Hotels Ltd. 15 16.6 31.6 2081-82
21 Sahas Urja Ltd 21 1.11 22.1 2081-82
22 Mountain Energy Nepal Ltd. 20 1.05 21.1 2081-82
23 Bhagawati Hydropower Dev. Co. 14 6 20 2081-82
24 Mid Solu Hydropower Ltd 15 0.79 15.8 2081-82
25 Sikles Hydropower 15 0.79 15.8 2081-82
26 Nepal Hydro Developers Ltd 9 0.47 9.47 2081-82
27 Universal Power Co. Ltd. 9 0.47 9.47 2081-82
28 Arun Valley Hydropower Co. 8 0.42 8.42 2081-82
29 Supermadi Hydropower Ltd. 5 0.26 5.26 2081-82
30 Barun Hydropower Col Ltd. 4.75 0.25 5 2081-82
31 Ngadi Group Power Ltd 4.75 0.25 5 2081-82
32 Singati Hydropower 5 0 5 2081-82
33 NRN Infrastructure 40 2.11 42.1 2081-82
34 Hathway Investment Nepal Ltd. 12 0.63 12.6 2081-82
35 Nepal Infrastructure Bank 6.32 6.32 2081-82
36 Unilever Nepal Ltd 1842 1842 2081-82
37 Himalayan Distillery Ltd. 20 5 25 2081-82
38 Nepal Lube Oil Ltd. 20 1.05 21.1 2081-82
39 Shivam Cement Ltd 2.5 10 12.5 2081-82
40 Sarbottam Cements Ltd. 5 15 20 2081-82
41 Gurans Laghubitta 14.25 0.75 15 2081-82
42 Sana Kisan Bikash Laghubitta 14.25 0.75 15 2081-82
43 Asha Laghubitta 9.5 0.5 10 2081-82
44 SwabLamban Laghubitta 5.64 4.36 10 2081-82
45 RSDC Laghubitta 8 8 2081-82
46 Muktinath Krishi Co. Ltd. 8 0.42 8.42 2081-82

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*