एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्टको मूल्य समायोजन, कतिमा खुल्छ कारोबार?
११ मंसिर २०८२, बिहीबार ०९:१३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र शिवम् सिमेन्ट लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। एनआरएनको ४० प्रतिशत र शिवम् सिमेन्टको २.५ प्रतिशत बोनस शेयर बापत नेप्सेले बुधबार दोस्रो बजारको अन्तिम मूल्यलाई आधार मानेर मूल्य समायोजन गरेको हो।
समायोजनपछि एनआरएनको शेयरमूल्य १,३८२.२१ पैसा कायम भएको छ भने शिवम् सिमेन्टको ६००.३९ रुपैयाँ कायम भएको छ। बुधबार एनआरएनको १,९३५.१० रुपैयाँ र शिवमको ६१५.४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। आज बिहीबार कम्पनीहरूको समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ।













