कालिञ्चोक दर्शनको लाभांश घोषणा, बोनस र नगद कति?

११ मंसिर २०८२, बिहीबार ०९:४८

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजी ६० करोड रुपैयाँको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने निर्णय गरेको हो।

यो प्रस्ताव कम्पनीको अब हुने ११औं वार्षिक साधारणसभामा पेश गरिनेछ र साधारणसभाले पारित गरेपछि सम्बन्धित शेयरधनीहरूलाई वितरण गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*