सिटि होटलको लिलामी शेयर बाँडफाँड, कतिमा बिक्यो?

१२ मंसिर २०८२, शुक्रबार ०९:५८

काठमाडौं । सिटि होटल लिमिटेडले कात्तिक २३ देखि ३० गतेसम्म लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा राखेको २१ लाख ५० हजार ४१८ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ।

बिक्री अवधिभर परेका गोप्य शिलबन्दी बोलपत्रहरू मंसिर ५ गते खोली मंसिर ११ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो। होटलले संस्थापक समूहतर्फको १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारी तर्फको लकइनमा रहेको ६ हजार कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको १ लाख ५४ हजार ४१९ कित्ता शेयर लिलामीमा राखेको थियो।

बाँडफाँडमा संस्थापक समूहतर्फको अन्तिम मूल्य (कट अफ प्राइस) २५१ रुपैयाँ, कर्मचारी तर्फको लकइनमा रहेको शेयर ३०६.१० रुपैयाँ र सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको शेयरको ४३६ रुपैयाँ मूल्य कायम भएको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूलाई सापेक्षिक भार अनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*