बिवाईडी गाडीको ब्याट्रीमा गम्भीर त्रुटि, ९० हजार सवारी कम्पनीमा फिर्ता

१४ मंसिर २०८२, आईतवार १२:२६

काठमाडौँ । चीनको चर्चित सवारी निर्माण कम्पनी बिवाईडी ब्रान्डका सवारी साधनमा गुणस्तर कमजोर रहेको तथ्य बाहिर आइरहेको छ । उत्पादनमा भएको त्रृटिका कारण चीनमा पछिल्लो समय बिवाईडीले एकपछि अर्को गर्दै लाखौँ सवारी साधन फिर्ता बोलाइरहेको हो ।

यसैक्रममा, बिवाईडीले आफ्नै हाइब्रिड मोडल क्विन प्लस डीएम–आईका करिब ९० हजार सवारी फिर्ता बोलाउने निर्णय गरेको छ। चिनियाँ नियामक निकायले फिर्ता बोलाइने सवारीमा मुख्य समस्या ब्याट्रीको स्थिरता र गुणस्तर सम्बन्धी छ। ब्याट्रीबाट आवश्यक शक्ति नआउँदा सवारी आफैं बन्द हुन सक्ने जोखिम देखिएको छ। यसले सवारीको सामान्य सञ्चालनमा प्रत्यक्ष असर पारेको नियामकले जनाएको छ।

फिर्ता बोलाइने सवारीमध्ये दुई समूह देखिएका छन्। पहिलो समूह २०७८ साल असोज १० देखि २०८० साल असोज ६ सम्म उत्पादन भएका करिब ५३ हजार सवारी साधनको हो। दोस्रो समूह २०७७ साल पुस २३ देखि २०७९ साल असोज १४ सम्म निर्माण भएका करिब ३६ हजार सवारी साधनमा समस्या देखिएको छ। दुवै समूहमा समस्या समान प्रकृतिको रहेको बताइएको छ ।

उपभोक्ताले सवारी चलाउँदा अचानक शक्ति कम हुनु, गति स्थिर नहुनु र विद्युत मोड आफैं बन्द हुनुजस्ता गुनासोहरू पनि दर्ता गराएका थिए। यसअघि, गत महिना मात्रै बिवाईडीले करिब १ लाख १६ हजार विद्युत सवारी फिर्ता बोलाएको थियो। तीमध्ये ट्याङ मोडलमा शुद्ध विद्युत मोड फेल हुने जोखिम रहेको थियो भने युआन प्रो मोडलमा ब्याट्रीमा पानी प्रवेश हुने सम्भावना पत्ता लागेको थियो। फिर्ता बोलाइएका मोडलहरू केही १० वर्ष पुराना पनि रहेका थिए।

उत्पादनमा दीर्घकालीन समस्याका कारण कम्पनीको व्यवस्थापन र निरीक्षण प्रक्रियामा पर्याप्त ध्यान नदिएको स्पष्ट छ। बजारमा बिवाईडीका सवारीको बिक्री बढ्दो भए तापनि गुणस्तरका समस्या निरन्तर बढ्दै गएपछि कम्पनीको विश्वसनीयतामा प्रश्न उठ्न थालेको छ।

सवारी निर्माण कम्पनीले निरन्तर त्रुटि स्वीकार्नुपर्दा उपभोक्तामा अन्योल र त्रास बढ्न थालेको छ। हाइब्रिड र विद्युत सवारी अत्याधुनिक प्रविधिमा आधारित भएकाले सानो त्रुटिले पनि ठूलो जोखिम निम्त्याउन सक्छ। कतिपय उपभोक्ताले अन्य मोडलमा पनि यस्ता समस्या लुकेका त छैनन् भन्ने शंका व्यक्त गरेका छन्।

बिवाईडीका सवारीको गुणस्तरमा देखिएको निरन्तर समस्या र फिर्ता बोलाउने घटनाले उपभोक्तामा कम्पनीप्रतिको विश्वास कमजोर बनाएको छ।

सम्बन्धीत समाचारः-

बिवाईडिद्वारा डल्फिन गाडीमा आगलागी समस्या रहेको स्वीकार, एक लाख गुणस्तरहीन सवारी फिर्ता गर्ने निर्णय

बिवाईडीको अन्तर्राष्ट्रिय बजारमा गुणस्तर समस्या, बिक्रीमा गिरावटको चुनौती

नेपाल आउने तयारीमा रहेको ‘बिवाईडी सिगल’ को सफ्टवेयरमा समस्या

बिवाईडीको गुणस्तरमा समस्या, ढुवानी गर्दा बाटोमा कुच्चिएपछि दुबई र युरोपमा हजारौँ गाडी बिक्री भएनन्

बीवाईडीलाई ठूलो झट्कास् डिजाइन र ब्याट्री जोखिमले गर्दा १ लाख १५ हजार सवारी फिर्ता

साइमेक्स इंकको ठगीधन्दा, एउटै बिवाईडी गाडीबाट २२ लाख रुपैयाँ ठगिँदै उपभोक्ता

बिवाईडि गाडीको ड्यास बोर्ड कनेक्सन गर्ने वायर नेपालमा नपाइने समस्या, सामान्य तारको साढे २ लाख असुली

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*