बिवाईडीको गुणस्तरमा समस्या, ढुवानी गर्दा बाटोमा कुच्चिएपछि दुबई र युरोपमा हजारौँ गाडी बिक्री भएनन्

दिपक विष्ट
१० जेष्ठ २०८१, बिहीबार १८:२०

काठमाडौँ । हेर्दा आकर्षक तर गुणस्तरमा गम्भिर समस्या उत्पन्न भएपछि बिवाईडी गाडीको अन्तर्राष्ट्रिय बजार नराम्ररी प्रभावित भएको छ । हाल नेपालमा तीव्र गतिमा बिक्री भइरहेको बिवाईडी गाडी युरोपका कैयौं देश र मध्यपूर्वको दुबई तथा अन्य एसियाली देशहमा भने बिक्री ह्वात्तै घटेको छ । जसका कारण हजारौं गाडी वयर हाउसमा थन्किएका छन् ।

चर्चित अन्तर्राष्ट्रिय सञ्चार माध्यम वालस्ट्रिट जर्नलका अनुसार बिवाईडीको गाडीमा लजिष्टिक समस्या र म्याग्नुफ्याक्चरर समस्या दुवै उठेका छन् । जसबाट ढुवानी गरेर सम्बन्धित देशमा पुर्याउन नपाउँदै गाडी कुच्चिएर बिक्री गर्न समस्या उत्पन्न भएको उल्लेख छ ।

अहिले अन्तर्राष्ट्रिय अटो बजारमा बिवाईडिको गुणस्तर माथि प्रश्न उठि रहेको छ । युरोप, मध्यपूर्व र दक्षिण एसियाली देश जापानमा समेत बिवाईडीका विभिन्न मोडलका गाडीहरुमा गुणस्तरको प्रश्न उठेको छ । चिनियाँ गाडी बिवाईडीका विभिन्न मोडलहरू गुणस्तर सम्बन्धी समस्याले ग्रस्त छन् वाल स्ट्रिट जर्नलले आफ्नो पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ । बिवाईडीमा पछिल्लो समय केही नयाँ अबरोधका कारण त्यसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय बजारलगायत चीनमा समेत परेको छ ।
‘जापानमा अवतरण गरिएका सवारी साधनहरूमा कुच्चिएका थिए र युरोपमा आइपुगेका गाडीहरूमा मोल्ड थियो’, रिपोर्टमा भनिएको छ । सो समस्याका कारण थाइल्याण्डका बिक्रेता पनि अप्ठेरोमा परेका छन् । गुणस्तरकै करण चिनियाँ ईभी बिवाईडीको बिक्रीमा भारी गिरावट देखिएको जनाइएको छ ।

बिवाईडीको गुणस्तरमा आएको समस्याले युरोपका गोदाममा बिवाईडी हजारौं कारहरु थन्किएर बसेका छन् । गत वर्षको अन्त्य अर्थात सन् २०२३ को डिसेम्वर देखि बिक्रीको लागि पर्खिरहेका १० हजारभन्दा बढी कार युरोपेली गोदमहरुमा पार्क गरी राखेको वाल स्ट्रिट जर्नलको रिपोर्टमा भनिएको छ । उक्त रिपोर्टले चीनबाट निर्यात हुने सवारीसाधनहरुमा अधिकांश पार्टपूर्जामा सुधार र मर्मत गर्नुपर्ने उल्लेख समेत गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा प्रश्न उठिरहेको बिवाईडीलाई गुणस्तरलाई नै आधार मानेर हजारौ बिवाईडि गाडी चीनमा नै फिर्ता गर्नुपर्ने अवस्था समेत आउनसक्नेछ । यसअघि गुणस्तरमा समस्या आउँदा टोयोटाले २४ लाख गाडी फिर्ता गरेको थियो ।

नेपाली बजारमा बिवाईडिको बिग्रिदो व्यापार

नेपालमा बीवाईडीका गाडीको आधिकारिक वितरक साइमेक्स इंक हो । यमुना श्रेष्ठको यो कम्पनीले सन् २०१७ तिरबाट बीवाईडीको गाडी नेपाल ल्याउन थालेको थियो । पछिल्लो समय नेपाली बजारमा बिवाईडिको बजार निरन्तर खस्किरहेको छ । नेपाली ग्राहक बिवाईडिको सट्टा अन्य गाडि रोज्न थालेका छन् । यद्यपि भन्सार न्यून रहेकोले सो कम्पनीले यही बैशाखमा मात्रै सयौं गाडी स्टक स्वरुप नेपाल भित्राइसकेको छ ।

इञ्जनको क्षमता घटाएर भन्सारबाट राजस्व छलिगरी रहेको आरोप लागि रहेको साइमेक्सले पछिल्लो समय नेपालमा बिवाईडीप्रति आकर्षण घटिरहेको छ । सुरुवातमा विस २०७९ तिर साइमेक्सले १५० किलोवाट पीक पावरको ‘एटो थ्रि’ मोडेलको गाडी ल्याएको थियो । जसको मूल्य मूल्य ८९ लाख ९० हजार थियो । अहिले उस्तै खाले गाडी ल्याएर १०० किलोवाटको गाडी नेपाल भित्राइयो । उक्त गाडीको मूल्य ६४ लाख रुपैयाँ मूल्य राखिएको छ ।

बजारमा राम्रो हिस्सा ओगटेपछि इञ्जिन क्षमता एक तिहाईले कटौति गर्दै १५० किलोवाटको मोटरलाई १०० किलोवाटमा झारेर कम्पनीले नयाँ भेरियण्ट सार्वजनिक गर्यो । जसको मूल्य सुरुवातको भन्दा करिब २४ लाख कम थियो । बाँकी फिचर र ब्याट्री लगायतको क्षमता जस्ताको त्यस्तै राखेर इञ्जनको इमता कम्पनीले घटायो । इन्जिनको पावर घटाउँदा सामथ्र्य कम हुन पुगेको छ । पुरानालाई मूल्य घटेको चिन्ता छ भने नयाँलाई गुणस्तर समस्यामा परेका छन् ।

बीवाईडीले यस्तै कम क्षमतामा एटो थ्री बेचिरहेको छ । क्षमता घटाएर नै साइमेक्सले करिब ४० लाख मूल्यको डल्फिन र ५९ लाख पर्ने ‘ई–सिक्स’ गाडी पनि नेपाली बजारमा ल्याएको छ । खुद तौल र अन्य उपकरण तथा फिचरहरु समान राखेर मोटरको क्षमतामात्रै घटाउँदा यसको भार वहन सामर्थ कम हुन जान्छ ।

कम्पनीले ग्राहक ठग्ने काम गरेपछि बिक्री घट्नेको रुपमा अटो बजारमा चर्चा सुरु भएको छ । कम्पनीको गाडी बिक्री घट्न थालेपछि विभिन्न छुट योजना मार्फत बिवाईडीको बिक्री पुनः पुर्ववत फर्काउने प्रयास गरे पनि सफल हुनेमा शंका उत्पन्न भएको छ । अन्तर्राष्ट्रिय बजारमा गुणस्तरमाथि प्रश्न उठेको बिवाईडी अब नेपालमा पनि यो बिषयले प्रवेश पाएसँगै आधिकारिक बिक्रेता अप्ठेरोमा पर्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*