६ कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए मालामाल
१६ मंसिर २०८२, मंगलवार १५:१३

काठमाडौँ । शेयर बजार झिनो अकंले ओरालो लागेको छ । बजार लगातार राताम्य भइरहेको हो ।
बजार घट्दा लगानीकर्ता निराश हुन पुगेका छन् । बजार घटेपनि केहि कम्पनीको शेयरमूल्यमा भने उच्च सुधार देखि रहेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.५३ अकंले घटेर २६४४.७० बिन्दुमा कायम भएको छ । आज ३२४ कम्पनीको १ करोड ८ लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोडको शेयर कारोबार भएको हो ।
यसदिन ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, मोबिलुङ्ग इनर्जी, बुङ्गल हाइड्रो र श्रीनगरको शेयरमा सर्किट लागेको हो ।














