माउन्टेन इनर्जी र सुपर मादीको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार?
१७ मंसिर २०८२, बुधबार ०९:०८

काठमाडौं । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले माउन्टेन इनर्जी लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ।
माउन्टेन इनर्जीको २० प्रतिशत बोनस शेयर र सुपर मादीको ५ प्रतिशत बोनस शेयर बापत मूल्य समायोजन भएको हो। मंगलबार दोस्रो बजारमा माउन्टेन इनर्जीको प्रतिकित्ता ६६९ रुपैयाँमा र सुपर मादीको प्रतिकित्ता ७५९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
नेप्सेले यही अन्तिम कारोबारको रकमलाई आधार मानेर मूल्य समायोजन गरेको हो। मूल्य समायोजनपछि माउन्टेन इनर्जीको शेयर प्रतिकित्ता ५७७.५० रुपैयाँ र सुपर मादीको ७२२.८६ रुपैयाँ कायम भएको छ।
अब धितोपत्र दोस्रो बजारमा कम्पनीहरूको यही समायोजित मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ।













