सागर डिस्टीलरीसहित ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?
१७ मंसिर २०८२, बुधबार १५:२०

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१९ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज विभिन्न सेक्टरका पाँच कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ । जसमा सागर डिस्टीलरी, मिथिला लघुवित्त, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेक लगायतका कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, ओम मेगाश्री फर्मासिटिकल्स, बुङ्गल हाइड्रोपावर, हिमस्टार उर्जा कम्पनी, बन्दीपुर केबलकार लगायतको शेयरमूल्यमा हरियाली छाएको छ ।














