पाँचथर पावरले बोलायो साधारणसभा, केके छन् प्रस्ताव?

१९ मंसिर २०८२, शुक्रबार १०:२८

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १३ गते आइतबार काठमाडौंको बत्तिसपुतलीस्थित होटले इम्पेरियलमा बिहान ११ बजे दशौं वार्षिक साधारणसभा बोलाएको छ।

आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने सम्बन्धी कुनै पनि प्रस्ताव समावेश नगरेको कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।

त्यसैगरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि वार्षिक साधारणसभाका लागि तय गरिएका छन्।

बैठकले साधारणसभा प्रयोजनार्थ पुस ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा पुस ३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*