ङादी ग्रुप र सागर डिष्टिलरीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
२२ मंसिर २०८२, सोमबार १५:०५

काठमाडौं । आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। जसमध्ये सबैभन्दा धेरै ङादी ग्रुप पावरको ५५ करोड ८६ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
त्यसपछि सागर डिष्टिलरीको २३ करोड ९७ रुपैयाँ, पियोर इनर्जीको ९ करोड ७६ लाख रुपैयाँ, राधी विद्युतको ९ करोड ९ लाख रुपैयाँ, झापा इनर्जीको ८ करोड ६२ लाख रुपैयाँ र बन्दिपुर केवलकारको ७ करोड ८५ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।
त्यसैगरी युनिभर्सल पावर कम्पनीको ७ करोड १५ लाख रुपैयाँ, हिमस्टार ऊर्जाको ६ करोड ९५ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ६ करोड ७८ लाख रुपैयाँ र युनियन हाइड्रोपावरको ६ करोड ४० लाख रुपैयाँमाथिको शेयर खरीद बिक्री भएको छ।














