सागर डिष्टिलरीको शेयर बिक्री गरेर बाहिरिने बढ्दै, सोमबार १ लाख ३४ हजार कित्ता किनबेच

२२ मंसिर २०८२, सोमबार १७:३८

काठमाडौँ । वित्तीय विवरणमा त्रुटि गरेर आईपीओ स्वीकृति पाएको सागर डिष्टिलरीको शेयर बिक्री गर्दै एक्जिट हुनेहरुको संख्या उल्लेखनीय रूपमा बढी रहेको पाइएको छ।

केहि सीमित समूहहरूले कम्पनीको शेयरको मूल्य अझै बढ्ने भन्दै लगानीकर्तालाई विश्वास दिलाएर आफै भने ठूलो संख्यामा शेयर बिक्री गरी एक्जिट पाइएको हो ।

सोमबार मात्रै कम्पनीको १ लाख ३४ हजार ७९० कित्ता शेयर कारोबार भएको छ। यस कारोबारको मूल्य २३ करोड ९७ लाख ६० हजार रुपैयाँ पुगेको छ। हाल कम्पनीको शेयर मूल्य प्रतिकित्ता एक हजार ८३० रुपैयाँ कायम छ। तर, बजारमा देखिएको यो मूल्य कम्पनीको वास्तविक वित्तीय अवस्थासँग मेल खाँदैन।

कम्पनीको वित्तीय अवस्था धेरै नाजुक देखिएको छ। आईपीओ पाउँदा पेश गरिएको विवरणपत्र अनुसार ४० लाख रुपैयाँ नाफा देखाएको थियो। तर, आईपीओ पछि सार्वजनिक गरिएको चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी १ करोड ५३ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ।

सागर डिष्टिलरीको आईपीओमा वित्तीय चलखेल, शेयर बजारमा माफियाहरुको रजगज!

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*