ङादी र लक्ष्मी सनराइज बैंकमा लगानीकर्ताको ओइरो, अन्य कुन कम्पनीको भयो बढी कारोबार
२३ मंसिर २०८२, मंगलवार १५:०४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँमाथिको शेयर कारोबार भएको छ। जसमध्ये ङादी ग्रुप पावरको सर्वाधिक ३१ करोड ९२ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ।
त्यसैगरी लक्ष्मी सनराइज बैंकको ११ करोड १४ लाख रुपैयाँ, राधी विद्युत कम्पनीको ९ करोड ९१ लाख रुपैयाँ, युनिभर्सल पावरको ८ करोड ६४ लाख रुपैयाँ, हिमालयन रिको ८ करोड २८ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ।
त्यसैगरी शिवम् सिमेन्टको ८ करोड २ लाख रुपैयाँ, माथिल्लो मैलुङ खोला जलविद्युतको ७ करोड ३१ लाख रुपैयाँ, बन्दिपुर केवलकारको ६ करोड ३२ लाख रुपैयाँ, सागर डिष्टिलरीको ५ करोड ८९ लाख रुपैयाँ र एनआरएनको ५ करोड ५८ लाख रुपैयाँमाथिको शेयर खरीद बिक्री भएको छ।














