सेबोनमा मौलाकाली केवलकारको निवेदन, आईपीओ अनुमति माग
२४ मंसिर २०८२, बुधबार १८:०५

काठमाडौं । मौलाकाली केवलकार लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले कार्तिक २४ गते बोर्डमा आवेदन दिएको हो।
कम्पनीले १८ करोड ७९ लाख १३ हजार रुपैयाँ बराबरको १८ लाख ७९ हजार १ सय ३० कित्ता शेयर निष्काशनको अनुमति मागेको हो। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले नवलपरासीको गैंडाकोटमा रहेको मौलाकाली मन्दिर पुग्न मौलाकाली केवलकार संचालन गरिरहेको छ । करिब १,२०० मिटर लम्बाइको केवलकारमा १४ वटा गोण्डोला रहेका छन् ।












