चौधरी ग्रुप, बिशाल ग्रुपदेखि गोल्छा ग्रुपसम्म नक्कली भ्याट बिलको कारोबारमा, २०६७ सालको काण्डमा को को ? (सूचि सहित)

२५ चैत्र २०८२, बुधबार १८:०२

काठमाडौं । नेपालमा चर्चित र नाम चलेका अधिकांश ठूला व्यापारिक समुहले नक्कली भ्याट बिलमार्फत कर छली गर्ने गरेका थिए । बीमापोष्टले २०६७ सालमा कस–कसले भ्याट छली गरेका थिए भनेर खोजविन गर्दा अर्थमन्त्रालयले गरेको छानविन प्रतिवेदनका पानाहरु अहिलेको सरकारलाई स्मरण गराउनुपर्ने देखिन आएको छ । नेपालका चर्चित व्यापारिक घरानाहरु बिशाल ग्रुप, चौधरी ग्रुप, भाटभटेनीका मिन बहादुर गुरुङदेखि दुगड ग्रुप, शंकर ग्रुप र गोल्छा ग्रुप समेतले नक्कली भ्याट बिल प्रयोग गरेर कर छली गरेका थिए ।

अहिले सुशासन र पारदर्शिताको पक्षमा काम गर्न चाहेको सरकारले विगतमा राज्यको कर समेत नक्कली भ्याट बिल प्रयोग गरी लुटेर खाने व्यापारीहरुले अहिले कुन तरिकाले कर छली गरिरहेका छन् भनेर सुक्ष्म अध्ययन गर्नुपर्ने देखिन आएको छ ।

२०६७ सालमा तत्कालिन सरकारले गरेको छानविनको क्रममा ५१८ वटा फर्मले नक्कली कर बिजक प्रयोग गरी अर्बौ रुपैयाँ भ्याट छली गरेको पाइएको थियो । तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेको पालामा पुस ८, २०६७ सालमा नक्कली भ्याट बिलको प्रयोग र यसबाट भइरहेको कर छली सम्बन्धमा आन्तरिक राजश्व विभाग अन्तर्गतका फर्महरुको छानविन गर्न समिति गठन गरेको थियो ।

सो समितिले फागुन २०, २०६७ मा प्रतिवेदन अर्थमन्त्रालयमा पेश गरेको थियो । सो प्रतिवेदनमा ४३७ वटा व्यापारिक फर्महरुले नक्कली भ्याट मूल्य अभिबृद्धि कर (भ्याट) बिल प्रयोग गरेको थियो । सोही आधारमा छानविन गर्नुपर्ने भएपछि अर्का अर्थमन्त्री भरतमोहन अधिकारीसँग विवाद भएपछि निवर्तमान अर्थमन्त्री तथा तत्कालिन अर्थ सचिव रामेश्वर खनालले राजिनामा दिएका थिए ।

सो ४३७ वटा व्यापारिक फर्मले नक्कली बिल बिजक प्रयोग गरेर भ्याट छली गरेको तथ्यमाथि छानविन गर्दा ५१८ वटा फर्मले करिब १० अर्ब रुपैयाँ भ्याट छली गरेको पत्ता लागेको थियो । सो रकममा अझ सुक्ष्म रुपमा अध्ययन गर्दा २५ अर्ब रुपैयाँसम्म कर छली भएको विश्वास गरिएको थियो । तर विभिन्न कारणले अनुसन्धान नै प्रभावित हुँदा जम्मा १० अर्ब रुपैयाँ मात्रै देखिन आएको थियो ।

सो काण्डमा कैयौंले आन्तरिक राजश्व विभागले निर्धारण गरेको कर र भ्याट बक्यौता पछि तिरेका थिए भने केहीले अझै तिर्न आनाकानी गर्दै आएका छन् । केही मुद्दा मामिला गरेर अदालतका न्यायाधीशलाई सेटिङ गरेर भ्याट नतिरी छली गर्दै आएका छन् ।

नक्कली भ्याट बिल प्रयोग गरी कर छली गर्नेहरुमा जगदम्बा स्टील्स, चौधरी ग्रुपका बिनोद चौधरी, अरुण चौधरी पनि सबैभन्दा धेरै छन् । त्यस्तै, गोल्छा ग्रुप समेत त्यसैगरी नक्कली भ्याट बिल प्रयोग गरेर कर छली गरेको थियो भने मोरङ अटो वक्र्सका बिष्णु अग्रवालले पनि कर छली गरेका थिए ।

सबैभन्दा चर्चित कर छलीमा भाटभटेनी सुपरमार्केटका मालिक मिन बहादुर गुरुङ समेत थिए । सरकारको नाममा सर्वसाधारणबाट भ्याट उठाएर नक्कली खरिद देखाउन नक्कली भ्याट बिल प्रयोग गरी ठगी गर्ने कार्यमा संलग्न उनीहरुले विभिन्न राजनीतिक पहुँच देखाउँदै कर छली गर्दै आइरहेका थिए ।

हिजोका दिनमा नक्क्ली भ्याट बिलको नामा कर छली गर्नेहरु आज पनि कुनै न कुनै रुपमा कर छलीमा संलग्न रहँदै आएका छन् । नक्कली भ्याट बिल बनाएर कर छली गर्ने भाटभटेनीका मिन बहादुर गुरुङले नेकपा एमालेलाई दुई अर्बको जग्गा दान नै दिएका छन् । त्यस्तै, चौधरी ग्र्पका बिनोद चौधरी नेपाली कांग्रेसलाई चन्दा दिएर सो पार्टीबाट सभासद नै बनेका थिए । व्यापारीहरुले राजनीतिक पार्टीहरुलाई चन्दा दिने कर छलेको बिषय लुकाएर राख्ने बिषय नेपालका कर प्रशासनको टाउको दुखाईको बिषय बन्दै आएको छ ।

हेरौं २०६७ सालमा कर छलीमा को को संलग्न थिए । प्रतिवेदनमा उल्लेखित ४७ वटा कम्पनीहरु ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*