बीमा साक्षरता सम्बन्धी मस्यौदा तयार, राय संकलन माग

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा साक्षरता सम्बन्धी मस्यौदा तयार पार्नको लागि सम्पूर्ण बीमक र मध्यस्तकर्ताहरुसँग सुझाव मागेको छ।
बीमा साक्षरताको अभियानमा नेपाल बीमा प्राधिकरण तथा बीमकको समेत भूमिका वृद्धि गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी नेपाल बीमा प्राधिकरणले विभिन्न रूपमा छरिएर रहेका बीमा साक्षरता कार्यक्रमहरुलाई थप सुव्यवस्थित बनाउन यो मार्गदर्शन जारी गरिएको जनाएको छ।
प्राधिकरणले बीमा विकास तथा प्रवद्र्धनका लगि अपरिहार्य रहेको बीमा साक्षरता अभियानमा प्राधिकरण र बीमक दुबैको समान जिम्मेवारी भएको कारण मार्गदर्शन गरी एकरुपता प्रदान गर्ने सोचले बीमा साक्षराता रुपरेखा २०८३ को मस्यौदाको लागि सुझाव मागेको उपनिर्देशक ओम बहादुर अधिकारी बताँउछन् ।
बीमा प्राधिकरणले बीमा साक्षरताको अवधारणा, बीमा साक्षरता कार्यक्रम, बीमा साक्षरताको वितरण लक्षित ग्राहक, बीमा साक्षरताको स्तर, डिजिटल बीमा साक्षरता, बीमा साक्षरता साम्रागी निमार्ण, साक्षरता सम्बन्धी भूमिका र जिम्मेवारीहरु सहितको मस्यौदा तयार पारेको छ । जसमा बीमक, र मध्यस्कर्ताहरुले सो सम्बन्धी जानकारी पश्चात् यस मस्यौदा परिमार्जित हुनेछ ।












