बीमा प्राधिकरणमा सुर्य सिलवालको काण्ड छानविन हुनै बाँकी

४ असार २०८३, बिहीबार ०९:३२

काठमाडौं । नेपालमा आर्थिक क्षेत्रमा चरम राजनीतिक हस्तक्षेप गरेर कतिसम्म जर्जर पारिएको थियो भनेर बीमा क्षेत्रलाई हेरे पुग्छ । बीमा क्षेत्रमा सबैभन्दा धेरै घोटाला गर्ने महाभ्रष्ट भनेर चिनिएका पूर्व अध्यक्ष सुर्य प्रसाद सिलवालको काण्ड छानविन गर्न अझै बाँकी नै छ ।

नियामक निकायमा बसेर घरमा काम गर्ने कर्मचारीको तलव भत्ता समेत बीमा प्राधिरणबाट खुवाएको काण्डदेखि बीमा प्राधिकरणभित्र गरेको कैयौं नीतिगत भ्रष्टाचार काण्डहरुमा पूर्व सचिव सुर्य प्रसाद सिलवाललाई अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई माया गर्दै आएको आरोप समेत लागेको छ । यद्यपि हालसम्म एउटा मात्रै मुद्दा चलाइएको छ ।

बजेटमा व्यवस्था गरिएको नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत प्रत्यक्ष बीमा हिस्सा खोसेर नीतिगत भ्रष्टाचारदेखि बैदेशिक रोजगार बीमा पुल, बीमा व्यवसाय ठेक्का लगाउने कार्यसम्मका सयौं नीतिगत भ्रष्टाचारको फाइल खुल्न बाँकी नै छ ।

स्रोतका अनुसार बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सुर्य प्रसाद सिलवालले गरेको गैर कानुनी कार्य, नीतिगत भ्रष्टाचारको फाइल खुल्न केही ढिलाई भएको तथ्य स्वीकार गर्दै छिट्टै खोल्ने तयारी भइरहेको छ ।

सुर्य प्रसाद सिलवालका विरुद्धमा माइक्रो इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिँदा गरिएको घोटालाको छानविन हुनै बाँकी छ । सो काण्डमा नेपालमा धेरै व्यापारी, कर्मचारीहरु समेत छानविनको दायरामा आउनेछन् । सो मध्येको एउटा काण्ड हो प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीलाई गैर कानुनी रुपमा दिइएको लाइसेन्स ।

स्रोतका अनुसार सुर्य प्रसाद सिलवाल काण्डको छानविन भएमा पूर्व अर्थमन्त्री बिष्णु पौडेल र जनार्दन शर्मा पनि स्वतः छानविनमा तानिने छन् । उनीहरुले सेटिङमा सुर्य सिलवालमार्फत कैयौं गैर कानुनी कार्यहरु गराएका छन् ।

सुर्य सिलवालले बीमा प्राधिकरणमा रहँदा गरेका कैयौं अपराधहरुको सम्बन्धमा बीमापोष्टमा सप्रमाण छापिएको भएपनि हालसम्म कुनै पनि निकायले कारवाही गरेको अवस्था छैन ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*