निर्यात बढेपनि रोकिएन व्यापार घाटाको उकालो, आयातको दबाबले थिचियो अर्थतन्त्र

८ असार २०८३, सोमबार १३:१९

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ)मा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ। सोही अवधिमा २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा निर्यात १२.२८ प्रतिशतले वृद्धि भएको हो। त्यसबेला नेपालबाट २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो।

यसैगरी आयात पनि उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको ११ महिनामा आयात १५.१६ प्रतिशतले वृद्धि भई १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबरको आयात भएको थियो।

आयात र निर्यात दुवै बढेसँगै नेपालको व्यापार घाटा पनि विस्तार भएको छ। चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँको तुलनामा १५.६७ प्रतिशतले बढी हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*