एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

८ असार २०८३, सोमबार १८:२७

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले पक्राउ गरेको छ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई सोमबार साँझ करिब साढे ५ बजे सुर्खेतबाट नियन्त्रणमा लिइएको हो। उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ।

पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*