जेनजी आन्दोलनमा जलेर खरानी बनेको बौद्धस्थित भाटभटेनी स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भई क्षति पुगेको काठमाडौं बौद्धस्थित भाटभटेनी सुपर स्टोर भोलि बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरले भोलिदेखि नियमित रूपमा सेवा सञ्चालन गर्नेछ । ग्राहकलाई लक्षित गर्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने तयारी पूरा भएको उनले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा भाटभटेनीका ११ वटा स्टोर पूर्ण रूपमा जलेर नष्ट भएका थिए भने बालुवाटारस्थित वेयरहाउसमा पनि आगजनी भएको थियो ।
हालसम्म तीमध्ये वेयरहाउससहित चार वटा स्टोर पुनः सञ्चालनमा आइसकेका छन् । बौद्ध स्टोर सञ्चालनमा आएपछि पुनः सञ्चालन हुने स्टोरको संख्या पाँच पुगेको छ । यसअघि कोटेश्वर, पोखरा, चितवन र महाराजगञ्जका स्टोर सञ्चालनमा आइसकेका छन् ।












