अन्ततः होल्डिङ सेन्टरबाट पनि निकालिए सुकुम्बासी, जनतामाथि राज्यको भद्दा मजाक

काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा राखेको सुकुम्बासीहरूलाई त्यहाँबाट पनि निकाल्ने भएको छ। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूलाई सरकारले उपलब्ध गराउने भनेको सेवा सुविधा लिएर होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको हो।
सरकारी र नदी किनारका जग्गामा बसिरहेको सुकुम्बासीहरूको बस्तीमा डोजर चलाएर हटाउँदा सरकारले नै उनीहरूलाई होल्डिङ सेन्टरमा बस्ने व्यवस्था मिलाएको थियो। अब भने पाँच दिनभित्र सो होल्डिङ सेन्टर पनि खाली गर्न अल्टिमेटम दिएको छ।
यसअनुसार अब असार १२ गतेभित्र होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूले आफ्नो बसोबासको व्यवस्था आफैंले मिलाएर ठाउँ छाड्नुपर्ने भएको छ। सरकारले सुकुम्बासीलाई आफ्नो बसोबासको व्यवस्था आफैंले गर्न शुरुमा २५ हजारका दरले एकमुष्ट रकम दिने र त्यसपछि मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो।
सरकारले सोही रकम लिएर पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको हो। हालसम्म सबै होल्डिङ सेन्टरमा ३८८ घरपरिवार बसिरहेका छन्।












