विश्वकप हेर्दै उपहार जित्ने अवसर, डीजीगोले ल्यायो मेस्सीको हस्ताक्षरित जर्सीसहित विशेष योजना

११ असार २०८३, बिहीबार १८:४८

काठमाडौं। फुटबल स्टार लियोनेल मेस्सीको जन्मदिनको अवसर पारेर डीजीगो र हिमालयन स्पोर्ट्सले फिफा विश्वकप २०२६ लक्षित ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ अभियान सार्वजनिक गरेका छन्। कम्पनीका अनुसार आधिकारिक माध्यमबाट विश्वकप हेर्न प्रोत्साहन गर्ने तथा अनधिकृत स्ट्रिमिङ प्लेटफर्मको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

अभियानअन्तर्गत डीजीगो एपमार्फत ‘सिजन पास’ वा ‘मोबाइल पास’ खरिद गर्ने ग्राहकहरूले लियोनेल मेस्सीको हस्ताक्षरयुक्त अर्जेन्टिनाको आधिकारिक जर्सीलगायत विभिन्न आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।

सिजन पास खरिदकर्ताका लागि मेस्सीको हस्ताक्षरित अर्जेन्टिना जर्सी, क्रिस्टियानो रोनाल्डोको हस्ताक्षरित पोर्चुगल जर्सी, नेयमारको हस्ताक्षरित ब्राजिल जर्सी, विजेता जोडीका लागि भियतनाम भ्रमण प्याकेज, ५५ इन्चको स्मार्ट टिभी तथा मौलाकाली रिसोर्टमा एक रातको डिलक्स बसाइको व्यवस्था गरिएको छ।

त्यस्तै, मोबाइल पास खरिदकर्ताले विजेता जोडीका लागि भियतनाम भ्रमण प्याकेज, ५५ इन्च र ४३ इन्चका स्मार्ट टिभी तथा स्मार्टफोन जित्न सक्नेछन्।

अभियानमा सहभागी हुन डीजीगो एप डाउनलोड गरी दर्ता गर्नुपर्ने, एपमार्फत सिजन पास वा मोबाइल पास खरिद गर्नुपर्ने तथा डीजीगोका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पृष्ठहरू फलो गर्नुपर्ने कम्पनीले जनाएको छ।

यो अभियान २०८३ असार ७ गते (२१ जुन २०२६) देखि असार ३१ गते (१५ जुलाई २०२६) सम्म सञ्चालन हुनेछ। नेपालभित्र रहेका सक्रिय डीजीगो प्रयोगकर्तामात्र यसमा सहभागी हुन सक्नेछन्।

कम्पनीका कर्मचारी, एजेन्ट, परामर्शदाता तथा उनीहरूका परिवारका सदस्य अभियानमा सहभागी हुन नपाउने जनाइएको छ। विजेताको छनोट डीजीगोको आन्तरिक टोलीले निष्पक्ष रूपमा गर्ने तथा प्राप्त पुरस्कार नगद वा अन्य सामानसँग साट्न नमिल्ने कम्पनीले स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*