सुकुमबासीहरुले असार १९ भित्र अनिवार्य रूपमा होल्डिङ सेन्टर छोड्नुपर्ने

१२ असार २०८३, शुक्रबार १४:४१

काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा अस्थायी रूपमा आश्रय लिइरहेका सुकुमबासी परिवारलाई केन्द्र खाली गर्न थप समय दिएको छ। नयाँ निर्णयअनुसार उनीहरूले अब असार १९ गतेभित्र अनिवार्य रूपमा होल्डिङ सेन्टर छोडिसक्नुपर्नेछ।

यसअघि सरकारले असार ९ गते सूचना जारी गर्दै असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। तर उक्त समयसीमा पर्याप्त नभएको भन्दै प्रभावित परिवारले थप समय उपलब्ध गराइदिन आग्रह गरेका थिए।

उक्त आग्रहलाई ध्यानमा राख्दै सरकारले केन्द्र खाली गर्ने समयसीमा असार १९ गतेसम्मका लागि थप गरेको हो।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नयाँ सूचना जारी गर्दै संशोधित समयसीमा औपचारिक रूपमा सार्वजनिक गरेको जनाएको छ।

समितिका अनुसार थप गरिएको समयसीमाभित्र सबै परिवारले होल्डिङ सेन्टर खाली गरिसक्नुपर्नेछ। सरकारले यसअघि नै अस्थायी रूपमा बसोबास गरिरहेका परिवारलाई वैकल्पिक व्यवस्थाको तयारी गर्न आग्रह गर्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*