मन्त्रिपरिषद्को बैठक सम्पन्न, निर्णय ‘होल्ड’मा
१२ असार २०८३, शुक्रबार १६:२७

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुक्रबार सिंहदरबारमा सम्पन्न भएको छ। बैठकमा अधिकांश मन्त्री अनुपस्थित रहेकाले न्यून उपस्थितिमै बैठक बसेको थियो।
बैठकले एउटा मात्र निर्णय गरेको छ। तर उक्त निर्णय भने अर्को मन्त्रिपरिषद् बैठकपछि मात्र सार्वजनिक गर्ने सहमति भएको छ। यसअघि भने मन्त्रिपरिषद् बैठक सकिएलगत्तै सरकारका निर्णय सार्वजनिक गर्ने अभ्यास रहँदै आएको थियो।
यसपटक भने बैठकका निर्णय तत्काल सार्वजनिक नगरिनुका साथै बैठकको तस्बिर समेत सार्वजनिक गरिएको छैन।
स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन चितवनमा भइरहेका कारण सरकारका धेरैजसो मन्त्री त्यहीँ रहेका छन्। सोही कारण शुक्रबारको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूको उपस्थिति न्यून रहेको बताइएको छ।











