धितोपत्र बोर्डका निर्देशक अनुज कुमार रिमाल अनिवार्य अवकाशमा

१२ असार २०८३, शुक्रबार १७:५१

काठमाडौं । नेपाल धितोपत्र बोर्डका निर्देशक अनुजकुमार रिमाल ५८ वर्ष उमेर पूरा गरी बोर्डको सेवाबाट अनिवार्य अवकाशमा गएका छन्।

यसैको अवसरमा शुक्रबार बोर्डको कार्यालय, ललितपुरमा रिमाललाई सम्मानसहित बिदाइ कार्यक्रम गरिएको छ। वि.सं. २०५४ सालमा नेपाल धितोपत्र बोर्डको सेवामा प्रवेश गरेका रिमालले लामो समय बोर्डमा विभिन्न जिम्मेवारी सम्हाल्दै योगदान पुर्याएका थिए।

बिदाइ कार्यक्रममा बोर्डका कर्मचारीहरूले रिमालको सेवाको मूल्यांकन गर्दै आगामी जीवनका लागि शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा रिमालले बोर्डमा कार्यरत रहँदाका अनुभव स्मरण समेत गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*