माकलबारीमा अक्सिजन सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट, एक जनाको मृत्यु

२६ असार २०८३, शुक्रबार १२:१०

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट हुँदा एक पैदलयात्रीको ज्यान गएको छ।

शुक्रबार बिहान करिब १०ः२० बजे सिन्धुपाल्चोकतर्फ जाँदै गरेको एउटा गाडीमा राखिएको दुई वटा फायर एक्स्टिङ्ग्विसर र एउटा सानो अक्सिजन ग्यास सिलिन्डर अचानक विस्फोट भएको हो।

बा.प्र.०६–००१ झ ००१७ नम्बरको गाडी पाँचपोखरी थाङपाल गाउँपालिका–४ का ४२ वर्षीय कृष्ण अधिकारीले चलाइरहेका थिए। उक्त गाडीमा पनौतीस्थित नवज्योति अक्सिजनबाट ल्याइएका अक्सिजन सिलिन्डर र फायर एक्स्टिङ्ग्विसरका साथै नेपाल मेडिकल कलेज पछाडि रहेको पञ्चकुमारी फार्मेसीबाट औषधि राखेर पाँचपोखरी प्राथमिक अस्पतालतर्फ लैजाँदै गरिएको थियो।

विस्फोटका कारण सडकमा पैदल हिँडिरहेका बागलुङका स्थायी बासिन्दा तथा हाल गोकर्णेश्वर–८ माकलबारी बस्दै आएका ४१ वर्षीय विष्णु थापा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल नेपाल मेडिकल कलेज, अत्तरखेल लगिए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*