सिंहदरबारको गेटमा पानी भिज्दै धर्नामा बसेको बच्चा सहित महिला प्रहरीको नियन्त्रणमा
२९ असार २०८३, सोमबार १४:३९

काठमाडौं । सिंहदरबारको गेटमा पानी भिज्दै धर्नामा बसेको बच्चा सहित महिला प्रहरीको नियन्त्रणमा लिएको छ । पानीमा भिज्दै निहारिका सिंह राजपूत र बिनु कठायत धर्नामा बसेका थिए । सिंहदरबार प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले मापदण्ड अनुसारको पास नभएको भन्दै रोकेको थियो ।
गृह मन्त्रालयमा गएर आफ्ना समस्या राख्न पाउनुपर्ने उनीहरूको माग छ ।











