नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

२९ असार २०८३, सोमबार १८:०८

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका घिमिरेले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्।

उनले आजै पद तथा गोपनीयताको शपथसमेत लिएका छन्। उनी खुला तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई नियुक्त भएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*